दफा ५७
विशेष अधिकार
(१) यस ऐन अन्तर्गतको वन तथा वन्यजन्तु सम्बन्धी कसुरमा संलग्न कसुरदारलाई बनक्षेत्रभित्र वा बाहिर पक्राउ गर्न लाग्दा पक्राउ गर्न नदिने वा पक्राउ परिसकेपछि पनि निजलाई छुटाई लैजान कसैले हुलहुज्जत_ गरी कसुरदारलाई भगाई लैजाने अवस्था परेमा वा पक्राउ गर्ने व्यक्तिकै ज्यान जोखिम हुने परिस्थिति भई हतियार नचलाई नहुने अवस्था उत्पन्न भएमा डिभिजनल वन अधिकृतको आदेशले वन सुरक्षाको लागि खटिएका कर्मचारी वा सुरक्षाकर्मीले घुँडा मुनी लाग्ने गरी गोली चलाउन सक्नेछ।

(२) राष्ट्रिय वनक्षेत्रको जग्गा कसैले आवाद गरेको वा त्यस्तो जग्गामा घर छाप्रो बनाइसकेको भए पनि डिभिजनल वन अधिकृत वा निजले तोकेको वन अधिकृत वा वन सहायकले सो आवादी हटाउन वा घर छाप्रो भत्काउन सक्नेछ र त्यस्तो क्षेत्रमा लगाएको बाली समेत जफत गर्न सक्नेछ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनले हुने अरु सजायमा सो उपदफामा लेखिएको कुराले कुनै असर पार्ने छैन।